काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले शाखा सञ्चालन तथा व्यवस्थापन तालिम सम्पन्न गरेको छ ।
कात्तिक ६ र ७ गते चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासिक बजेट समीक्षा गर्दै लघुवित्तले सहभागीहरूलाई तालिम पनि प्रदान गरेको हो ।
मधेस प्रदेशअन्तर्गत प्रदेश प्रमुख, अनुगमन अधिकृत, तथा शाखा प्रमुखहरूलाई चितवनको होटल प्याराडाइज, सौराहामा तालिम प्रदान गरिएको हो ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत चोलराज शर्मा जोशी, नायब प्रमुख कार्यकारी अधिकृत मेषबहादुर बस्नेत, सहायक प्रमुख कार्यकारी अधिकृत गणेश घिमिरे तथा सहायक महाप्रबन्धक राजेन्द्र न्यौपाने र कमलबहादुर खत्रीबाट सहभागीहरूलाई तालिम दिइएको हो ।
साथै बजेट समीक्षाअन्तर्गत पहिलो त्रैमासिक अवधिमा भएको कार्यसम्पादनका विषयमा पनि समीक्षा गर्दै आगामी कार्ययोजनाबारे छलफल गरिएको संस्थाले जनाएको छ ।
FACEBOOK COMMENTS