काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई ‘स्काइवाक नेपाल’मा विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ।
बैंकले काठमाडौंको कमलादीस्थित स्काइवाक नेपालमा २०% सम्म छुट प्रदान गर्ने सम्झौता गरेको हो।
सम्झौतापत्रमा बैंकका तर्फबाट बैंकका मार्केटिङ तथा ब्रान्डिङ विभागका प्रमुख कुशलजंग अधिकारी तथा स्काइवाक नेपालका तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत रोहित ज्ञवालीले हस्ताक्षर गरेका हुन्।
यस सम्झौतापश्चात ज्योति विकास बैंकका ग्राहकहरूले स्काइवाक नेपालका भ्यूटावर भ्रमण गर्दा टिकट शुल्कमा आकर्षक छुट पाउनेछन्।
छोटो समयमै अन्तरिक तथा बाह्य पर्यटकहरूमाझ प्रमुख भ्रमण गन्तव्य बन्न सफल स्काइवाक टावर काठमाडौंको दृश्यावलोकनका लागि उचित छ।
ज्योति विकास बैंकले ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको छ।
हालै बैंकले पोखरास्थित कुटी रिसोर्टमा बैंकका ग्राहकहरूलाई २०% सम्मको विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ। साथै बैंकले चितवनस्थित जंगल भिल्ला रिसोर्ट र मकवानपुरस्थित प्रख्यात टिस्टुङ रिसोर्टमा बैंकका ग्राहकहरूलाई १५% सम्मको आकर्षक छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ।
ज्योति विकास बैंकले उपत्यका र उपत्यकाबाहिर गरी हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएममार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।
FACEBOOK COMMENTS