काठमाडौं – बिश्व कोरोना कहरले क्षतबिक्षत छ । नेपाल पनि विश्वसँगै कोरोना युद्धमा होमिएकोछ । आज सम्म एक जना नेपालीहरुले पनि नेपालमा ज्यान गुमाएका छैनन । झण्डै ३५ प्रतिशत नेपालीहरु जो संक्रमीत भएका थिए, कोरानालाई जितेर घर फर्किसकेकाछन् भने बाँकीको अबस्था सामान्य छ । लाग्छ भगबान पशुपतिनाथको कृपाले होला, कोरोना हामी नेपालीहरु विच हार्दैछ ।
कोरोनाको यो लडाईसँगै हामी नेपालीले नेपाली शान, नेपाली माटोको लडाई लड्नु पर्ने गरि नेपाली आकासमा कालो बादल मडारिएको भान हुन्छ । हुन त यो कालो बादलले देशमा घेरा हाल्न थालेको आज होइन्, यो कालो बादलले घेरा हालिरहेको हामीले नदेखेको पनि होइनौं ।
तर हाम्रो लाचारीपन, चाकरीपन र निरिहपन विच कालो बादल यसरी मडारिदैछ जसले नेपाल र नेपालीको त्यो माटो, त्यो शान र मान आज खुम्चिदै गएकोछ । यस विच गोपाल प्रसाद रिमालको यो राष्ट्रिय गित “रातो र चन्द्र शुर्य” नै विरानो हुने अबस्था देख्दैछु ।
हिमाल झैँ अटल यो, झुकेन यो कहिल्यै
लत्रेन यो कहिल्यै, जंगी निशान हाम्रो
यो जन्मदै जगतमा कैंयौं प्रहार आए
साम्राज्य दुइ हारे, हारेन शान हाम्रो
नेपाल ठूला छिमेकी देश चिन र भारतले घेरीएकोछ । जनसंख्या, भौगोलीक अबस्था, सामारिक क्षमता, आर्थिक क्षमता लगाएत सबै अबस्थाले कमजोर देखिन्छ त्यही भएर होला धेरै प्रसंङ्गहरुमा नेपाललाई “दुई ढुङ्गा विचको तरुल”भनिएको पाउछौं ।
चिन र भारत विचको द्धन्द्ध र उनीहरु विच रहेको आर्थिक प्रतिस्पर्धामा नेपाल “दुई देश विचको पुल”हुनु पर्ने थियो र हुन सक्थ्यो पनि । तर यस गतिमा नेपाललाई अगाडि बढाउन राजा महेन्द्रले केही कोशिस गरेता पनि जब नेपालमा भारतको सहयोगमा प्रजातन्त्र नामक नेता र पाटीहरुको नाचतन्त्र आयो, सायद त्यहीबाट नेपालको आकासमा कालो बादलले घेरा हाल्न थालेको थियो । जुन हामीले अहिले कालो मूस्लो भएर मडारिन लागेको देख्न थालेकाछौं ।
हिजो त्यो विद्यार्थीकालमा जब म ल कलेजमा पढदै थिए आज अति नै ननिको लाग्ने गरि सम्झना आएको छ । सम्झिन्छु ति नेविसंघ र अनेरास्ववियु दुई कुकुर विरालो जस्तो देखिने जमात, एकले अर्कोलाई लखेटने, कुट्ने र पर्छाने गरेको ।
उपत्यकाका एक कलेजबाट जमात लाठि बोकेर अर्को कलेजमा हमला गर्दै भन्थे यो अनेरास्वबियु चिनमा पानी परेपछि नेपालमा पानी परोस नपरोस नेपालमा छाता ओड्छ अनि फेरी प्रतिभाषण आउथ्यो यी नेविसंघेहरु भारतमा पानी परेपछि नेपाल सुख्खा हुदाँ पनि यहाँ छाता ओड्छन ।
आज पो मलाई मति आयो, यी दुबै सर्प थिए त्यही भएर एकले अर्कोको खुट्टा देख्दा रहेछन कता पानी परेको कता पानी नपरेको थाहा हुदो रहेछ यिनलाई ।
सात सालको प्रजातन्त्र देखी २०४६ सालको बहुदलीएता सम्म सबै आयातित भए । पन्चायती व्यवस्था र सुधारिएको पन्चायती व्यवस्था भने कुनै न कुनै रुपमा नेपालमा उत्पादीत थिए तर आयातीत व्यवस्थाले तिनलाई विस्थापित गरि सकेकोछ ।
सायद जब मुलको पानी नै धमिलो हुन्छ कुनै पनि तहमा बगेर गए पनि पानी संङलिने सम्भाबना रहदैन । हो आजको हाम्रो अबस्था यस्तै छ । यसको ज्वलन्त उदाहरण लकडाउन विच चिनको राजदुतकी सक्रियता थियो ।
कम्युनिष्ट पाटीको त्यो रडाको विच तिनै देबीले सुरक्षाकवच राखिन भन्ने हल्ला बजारमा तेतिकै चलेको होइन । पाटीहरु आज पनि कतै न कतैको छाता ओडेर राष्ट्रबादको अलाप हाल्दछनकी उत्तरको छाता ओडनु नै राष्ट्रबाद हो अनी दक्षिणको छाता महान राष्ट्रघात ।
नेपालको नाममा नेपालीले विदेशमा चुहाएको पसीनाको रगतको तलब भत्ता हसुरेर उत्तर र दक्षिणको ढोकामा दक्षिणा माग्ने यी हुतिहाराहरुले नै आज नेपाली आमाको बलात्कार गर्न सहयोग गरिरहेका छन् ।
यो लकडाउनको विच लाग्छ, हरेक राष्ट्रबादी नेपालीको मन दुखी रहेकोछ, पेट पोली रहेकोछ । आफुले आफैलाई धिक्कारिरहेका होलान आफ्नो देशको माटो माथि नाङ्गो नाच भईरहको टुलुटुलु हेरी रहनु पर्दा । आफुले दिएको त्यो भोटले पनि अबश्य उनीहरुको मन पोलीरहेको छ ।
२०७२ साल जेठमा जब चिन र भारतले नेपालको भुमि लिपुलेकलाई उनीहरुको व्यापारीक केन्द्र अझ भनौं सामारिक केन्द्रको रुपमा प्रयोग गर्नको लागी सन्धी गरेको थिए, हो त्यहीबाट नेपाल र नेपालीहरुको सर्बभौमसत्ताको प्रश्न उठेको थियो ।
नेपालको भुमि कसरी चिन र भारतले सन्धी गरेर प्रयोग गर्न सक्थ्यो रु तर उत्तर र दक्षिणका छाता ओडेर बाँचेका यी भस्मासुरहरु के बोल्थे र । हो यसैको नियती थियो आज हामीले सुनीरहेका छौं नेपालको शासक, सेना, प्रहरी, गुप्तचर कसैलाई पनि थाहा छैन रे बाटो खनेको ।
के त्यो मुसाले दुलो खनेको थियो ? के त्यो दुम्सीले घर बनाएको थियो, थाहा नहुने, होइन भने यी शासक, सेना, प्रहरी, गुप्तचरलाई देशले किन पाल्ने ? के का लागी पाल्ने ? के देश लुट्न, भ्रष्टचार गर्न मात्र ? गम्भिर प्रश्न उभिएकोछ ।
सुनेको छु, अहिले नेकपाले चिनको राष्ट्रपतीको किताब पढाई रहेको छ, आम कार्यक्रतालाई । चिनले छापेर पढाएको कितावले देश प्रति माया जगाउला ? यसले देश भक्ती सिकाउला ?
यसरी किन हामी राष्ट्रियताको नाममा अधोगति, अधोमती तिर लागी रहेका छौं ? हाम्रो दर्शन, गिता, महाभारत अनि बेदहरु जो विश्व दर्शन छ । खोई तिनको पढाई, राष्ट्रबाद भाषणले त आउने होइन नी ?
यही एक हप्तामा तिन घटना घटे जसले नेपाल र नेपालीको राष्ट्रियता र सार्बभौकितामा प्रश्न उठाएको छ ।
पहिलो, चिनीया राजदुतको सत्ताधारी पाटीसँगको चलखेल जसले प्रष्ट सन्देश दियो नेकपाको नेतृत्व उत्तरको कब्जामा छ । यसै विच बन्दको समय ५० औं जना चिनियाहरु सिंहदरबार छिर्न कोसिश गर्दछ । नेपाल प्रहरी निरिह जस्तो कुटाई खाएर बस्छ ।
दोश्रो, नेपालको भुमी नेपालीको माटो लिपुलेकमा भारतले एकपक्षिय रुपमा खनेको सडकको उदघाटन गर्छ, अनी सरकार भन्छ उनीहरुलाई केही थाहा थिएन अनि घर भित्र महिनौ देखी डोजर चलाएको देख्न नसक्ने सरकार, सेना, प्रहरी, गुप्तचर निकम्मा हुन ?
तेश्रो, अमेरीकी दुतबासले प्रेस विज्ञप्ती निकाल्दै सल्लाह दिन्छ, यो संसदले जस्ताको तस्तै एमसीसी पास गरेर उनीहरुको भावभक्ती देखाउनेछ । उनीहरुको चाहाना पुरा गर्ने छ ।
अबश्य यो पनि अमेरीका र चिनको शक्तीको लडाई होला । हामी नेपाली अबश्य रुनु पर्नेछ जसले जिते पनि । यो लडाई उनीहरुले अबश्य नेपालको लागी लडेका छैनन । लाग्छ, छिट्टै अब अमेरीकाको छाता ओढेर अर्को राष्ट्रबाट जन्मिनेछ ।
तिन तिरको लुछाचुडिले नेपाल आमाको छाती छियाछिया परेको हुनुपर्छ । रुदै सराप्दै होलीन यी हुत्तिहारा सन्तानहरु जसले नत लिपुलेक बचाउन सक्छ नत अर्को देशको छाता ओडन छोड्छ ।
अनि यो देशमा सेना हुदो हो त गोर्खाली त्यो खुकुरी उदाएर त्यो लिपुलेकका टल्काउने थियो र भन्थ्यो भलै हामी हार्ने छौं तर एक थोपा रगत रहे सम्म यो माटो छोड्ने छैनौं ।
राष्ट्रबादी शासक हुदो हो त सुन्ने थियो आफ्नो सिमानामा डोजर कुदाएको । आदेश दिन्थ्यो र भन्थ्यो १ हप्तामा देशमा कुदेको ति पाइलाहरु फर्क नत्र नेपालीको शरिरमा अझै रगत जिउदै कुदिरहेकोछ ।
अन्तमा,
जब सम्म चन्द्र सूर्य, आकाशमा रहन्छ
तब सम्म हुन्छ आफ्नै, रातो रगत यो हाम्रो
रातो र चन्द्र सूर्य, जंगी निशान हाम्रो
जीउंदो रगत सरि यो, बल्दो यो शान हाम्रो
-मनोज कुमार कडेल, अधिबत्ता र बालअधिकारकर्मी
FACEBOOK COMMENTS