काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । यस कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।
उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र कामनाको आगामी साधारण सभाबाट स्वीकृत भएपछि सेयरधनीलाई वितरण हुनेछ । यसअघि कम्पनीले आर्थिक २०७९–८० मा १४ दशमलव ०७७ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।
प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात् शेयरधनीहरूमा वितरण हुनेछ।
FACEBOOK COMMENTS