काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक ४ दशमलव ८५ अंकले बढेको छ । यससँगै सूचक २७२१ दशमलव ५२ अंकमा आएको छ ।
यस अवधिमा ८५ लाख ८९ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार हुँदा ७९ कम्पनीको १३ हजार ८ सय ७७ कित्ता सेयर कारोबार भएको छ ।
यस सेसनमा ४१ कम्पनीको भाउ बढेको छ भने २८ वटाको मूल्य घटेको छ । यो सेसनमा कुल १ सय ६६ वटा कारोबार भएको छ ।
FACEBOOK COMMENTS