काठमाडाैँ । सहकारी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई आज काठमाडौं ल्याइने भएको छ। अहिले साझ ५ बजेको फ्लाइटमा उनलाई ल्याउन लागिएको हो । काठमाडौंमा स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिनामा रविलाई पनि आरोपित गरेर जाहेरी दिइएको छ । यसैको अनुसन्धानका लागि काठमाडौं ल्याउन लागिएको हो । उनीविरुद्ध काठमाडौं जिल्ला अदालतले पनि पक्राउ पूर्जि जारी गरिसकेको छ ।
रविलाई अनुसन्धानकाला लागि लैजान लागिएको काठमाडौं तेस्रो जिल्ला हो । कास्कीबाट उनलाई रुपन्देही लगेर फेरि फिर्ता गरिएको थियो । काठमाडौंपछि चितवन लैजाने सेड्यूल छ ।
FACEBOOK COMMENTS