काठमाडौं । कुमारी बैंक लिमिटेड र काठमाडौंको बुढानीलकण्ठस्थित भिजन कार्ट प्रालिबीच कुमारी बैंक लिमिटेडका ग्राहकहरूलाई क्लिनिकबाट प्रदान गरिने सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
यस सम्झौताअनुसार भिजन कार्टबाट कुमारी बैंक लिमिटेडका ग्राहकहरूलाई ओपीपी शुल्क र परीक्षणमा ४०% छुट (अधिकतम ४,००० रूपैयाँसम्म), निःशुल्क कन्ट्याक्ट लेन्स परामर्श र कन्ट्याक्ट लेन्समा ५% सम्म छुट दिइने छ ।
साथै पार्टनर रिफेरल केन्द्रमा कुनै प्रकारको आँखासम्बन्धी शल्यक्रिया गर्दा ५% छुट, सनग्लासमा १०% छुट र ज्येष्ठ नागरिकका लागि निःशुल्क डाक्टर परामर्श दिइनेछ ।
विगत २३ वर्ष देखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले अनवरत रूपमा वित्तीय साक्षरता प्रवर्द्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१५ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखारहित बैंकिङ इकाइहरूमार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने प्रतिबद्धता जनाएको छ ।
FACEBOOK COMMENTS