काठमाडौं । दोलखाको गौरिशंकर गाउँपालिकामा हुन लागेको उपनिर्वाचनमा उम्मेदवारको विषयमा गलत, अपुष्ट, भ्रामक समाचार लेखी नागरिकहरूलाई भ्रम सिर्जना गर्ने अनलाइनलाई प्रेस काउन्सिल नेपालले कारबाही गरेको छ । दोलखाको भिमेश्वर नगरपालिकाबाट प्रकाशन हुँदै आएको हेर्दाहेदै अनलाइन मिडियालाई गौरीशंकर गाउँपालिकाका उम्मेदवार उमा शेर्पाको विषयमा गलत, अपुष्ट, भ्रामक समाचार सिर्जना गरेको भन्दै कारबाही गरेको हो ।
निर्वाचनलाई लक्षित गरी विनाआधार गलल र अपुष्ट समाचार सम्प्रेषन गरी नागरिकहरूमा अफवाह फैलाएको र निर्वाचनमा उम्मेदवारको विषयमा निर्वाचन मौन अवधिमा समेत सन्तुलनरहित एक पक्षीय समाग्री तयार पारी भ्रम सिर्जना गरेको प्रेस काउन्सिल नेपालले विज्ञप्तिमा जनाएको छ । स्थानीय तह उपनिर्वाचनको समयमा उक्त अनलाइनले प्रकाशन गरेको गलत समाचार पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन २०७६) को ४ (६) र निर्वाचन आचारसंहिता २०७९ को दफा २५ को (ख) बमोजिम प्रतिकूल देखिएको भन्दै कारबाही गरेको हो ।
उक्त अनलाइले नेकपा (एमाले) बाट गौरीशंकार गाउँपालिकामा उम्मेदवार बेनकी उमा लुङ्गेली मगर शेर्पाको विषयमा माथिल्लो तामाकोशी कबाडी काण्ड जोडेर गलल समाचार सम्प्रेषण गरेको थियो ।
FACEBOOK COMMENTS