काठमाडौं, बैशाख ३१ – वीरगन्जको नारायणी अस्पतालमा उपचाररत दुई जना कोरोनाभाइरस संक्रमित फरार भएका छन् ।
संक्रमित दुबै अस्पतालको शौचालयको भेन्टिलेसन् फोडेर फरार भएका हुन्। फरार राजनाथ यादव र असफर हवारीको अहिले खोजीकार्य भइरहेको छ। उनीहरु मंगलबार अस्पताल भर्ना भएका थिए।
महानगरपालिकाकै वडा नम्बर १६ र १३ का दुई संक्रमितमध्ये एकजना १७ र अर्का ३० वर्षका छन्। वीरगन्जको नारायणी अस्पतालमा ६९ जना कोरोना संक्रमित उपचाररत छन्।
पर्सामा हालसम्म ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने त्यसमध्ये तीन जना डिस्चार्ज भइरहेका छन् ।
FACEBOOK COMMENTS