काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले साधारण सेयर आईपीओ निष्कासन गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता १०० रुपैयाँका दरमा २२ लाख ५० हजार कित्ता सेयर निष्कासन गरेको छ । कम्पनीले २ लाख २५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई खुला गरेको हो ।
६७ हजार ५०० कित्ता सेयर कर्मचारी र १ लाख १२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको छ । सर्वसाधारणले १८ लाख ४५ हजार कित्ता सेयरमा आवेदन दिन पाउनेछन् ।
यो सेयरमा विदेशमा रहेका नेपालीले पुस ३ गतेसम्म आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसको बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ । सेयरमा आवेदन दिन सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।
FACEBOOK COMMENTS