काठमाडौं । महालक्ष्मी विकास बैंकद्धारा आयोजित संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न भएको छ ।
३३औं अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा मंगलबार महालक्ष्मी विकास बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न भएको हो ।
सो अवसरमा अपांगता भएका व्यक्तिहरुको बैंकिङ्ग कारोबारलाई थप सहजीकरण गर्नका लागि उपलब्ध स्रोत साधनहरुको अधिकत्तम प्रयोग गरी बैंकको दरबारमार्ग शाखालाई अपांगमैत्री शाखाको रुपमा विकास गर्न प्रयास गरिने बैंकले जनाएको छ ।
साथै अपांगता भएका व्यक्तिहरुलाई सहज सेवा प्रदान गर्नको लागि दरबारमार्ग शाखामा एक जना कर्मचारीलाई सम्पर्क व्यक्ति तथा फोकल पर्सनको रुपमा खटाइएको छ । बैंकले केन्द्रिय कार्यालय दरबारमार्गमा अपांगता भएका व्यक्तिहरुलाई सेतो छडी लगायतका सामग्रीहरु समेत वितरण गरेको छ ।
संयुक्त राष्ट्र संघ तथा नेपाल सरकारले तय गरेको नारा “समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिहरुको प्रबल नेतृत्व यसको आधार”लाई आत्मसात गर्दै बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत अपाङ्गता संरक्षण नेपालसंगको सहकार्यमा शारीरिक अपाङ्गता भएका तथा दृष्टिविहिनहरुलाई सहयोग गरिएको हो ।
यस किसिमका कार्यहरुबाट अपाङ्गता भएका व्यक्तिहरुको सहज जीवन यापन गर्न तथा समावेशी तथा दिगो भविष्यको आधार निर्माण गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।
बैंकले हालै ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको नीति बमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै “महालक्ष्मी स्मार्ट साथी” सञ्चालनमा ल्याएको छ ।
FACEBOOK COMMENTS