काठमाडाैँ । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्सेपरिसूचक १५.९३ अंकले घटेर २ हजार ७३४.९४ विन्दुमा आइपुगेको छ । पछिल्लो समय बजार घट्दै गरिरहेको छ । यो दिन धितोपत्र र ऋणपत्रगरी कारोबारमा आएका ३०७ कम्पनीको १ करोड ६७ लाख कित्ता शेयर किनबेचहुँदा ८ अर्ब ३६ करोड रुपैयाँको कारोबार भएको छ । सर्वाधिक कारोबारहुने कम्पनीमा नेपाल फाइनान्स,एनआरएन इन्फाष्ट्रचर एण्ड डेभलपमेन्ट, लाइफ इन्स्योरेन्स कर्पोेरेसन,रसुवागढी हाइड्रोपावर र जानकी फाइनान्सको १३ करोड ९८ लाख रुपैयाँदेखि ४२ करोड १९ लाख रुपैयाँसम्मको कारोबार भएको छ ।
खानीखोला हाइड्रो पावरको शेयर मूल्य १० प्रतिशतले बढेर नकारात्मक सर्किट लागेको छ। त्यस्तै सुपरमादी हाइड्रो पावर,मानुषि लघुवित्त वित्तीय संस्था, लाइफ इन्स्योरेन्स कर्पोरेसनको शेयरको मूल्य ६.११ प्रतिशतदेखि ९.८५ प्रतिशतले बढेको छ ।सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्था, नेपाल फाइनान्स,गुराँश लघुवित्त वित्तीय संस्था,तारागाउँ रिजेन्सी होटल,इनवा हाइड्रो पावर कम्पनीको ५.३३ प्रतिशतदेखि ८.३७ प्रतिशतले घटेको छ ।
लगानीकर्ता देव गुराँगाई अहिलेको बजार किन यस्तो भएको भन्ने विषयलाई भन्छन्,‘ बढ्ला बढ्ला जस्तो गर्छ, अनि अझै बढ्छ की भनेर किनो तर घट्छ । घट्ला घट्ला जस्तो गर्छ अझै घट्ला की भनेर बेचो अनि बढ्छ । तपाईंलाई यस्तो भइरहेको छ भने मान्नुस् की सेयर बजार सिधा रेखामा छ । यस्तो बजार कारोबारको लागि अधिक सुरक्षित मानिन्छ तर कारोबार गर्न चाहिं जान्नु पर्छ ।’
FACEBOOK COMMENTS