काठमाडाैँ । नेप्से सूचक २८ सय ३० विन्दुबाट गत भदौं १८ बाट ओरालो लागेको बजार हालसम्म २७ सय विन्दुको अन्तरद्धन्दमै रुमलिरहेको छ । करिब चार महिना नेप्से सूचक घटेर २४ सय ६४सम्म पुगेको छ । असारमा नयाँसरकार परिवर्तन भएपछि उत्साहित बनेको शेयर बजारमा सरकारले सहि नीतिलाई पछ्याउन र बोलेको काम पूरा गर्न नसक्दा लगानीकर्ताहरुमा निराशा बढेको लगानीकर्ता छोटेलाल रौंनियारले बताए । उनले भने,‘ ब्याजदर एकल अंकमा छ,यो समयमा पर्याप्त कर्जा प्रवाह हुनुपर्ने हो तर, भएको छैन, किनभने सरकारले बोलेको र गर्छु भनेको काम गरेन ।’
अर्कोतर्फ लगानीकर्ताले अपेक्षा गरेको मौद्रिक नीतिको समिक्षालाई राष्ट्र बैंकले कुनै प्रवाह गरेको देखिएन, जोखिमभार १२५ छ, १०० झारिदिएको भए लगानीकर्तालाई नयाँ आश्वसन हुने थियो भन्ने उनको भनाई छ । सुरुवातदिन दिनमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शेयर बजारलाई निकै प्राथमिकताका साथ दिएका थिए तर, उनको काम एकातिर मुख अर्कोतिर फर्काउँदा लगानीकर्ताले विस्तारै पत्याउन छोडेको लगानीकर्ताको बताउँछन् ।ति लगानीकर्ता भन्छन्‘ सुरुमा सरकारको एउटा उत्साह थियो, दुई ठुला दल मिलेका छन् भन्ने थियो, त्यो अपेक्षाको गति विस्तारै घट्दै गएर सकारात्मकभन्दा पनि नकारात्मकता बढ्दै गयो ।
यो साता शेयर बजारका लगानीकर्ताहरु ‘पर्ख र हेर’को अबस्थामा देखिँदा नेप्सेपरिसूचक ५२.६४ अंक अर्थात् १.९२ प्रतिशतले ले घट्न पुगेको छ ।नेप्से सूचकमा गिरावट आउँदा कारोबार रकम ३६.७८ प्रतिशतले घट्न पुगेको हो । साताभरीमा भएको पाँच दिनको कारोबारमा २८ अर्ब ६९ करोड रुपैयाँको कारोबार भएको छ । अघिल्लो साता यो कारोबार ४५ अर्ब ३९ करोड रुपैयाँको भएको थियो । यो साता औसत कारोबार ५ अर्र्ब ७३ करोड रुपैयाँ रहेकोमा यो साता ९ अर्ब माथिको कारोबार भएको थियो।
यो साता परिसूचक २ हजार ७ सय ३५ दशमलव ६७ अंकले बढेर २ हजार ६६० दशमलव ३६ बिन्दुमा पुगेपछि ७५ दशमलव ३१ अंकको अस्थिरता देखिएको थियो । गत साता परिसूचकले ६६.२ अंकको अस्थिरता देखाएको थियो । बुधबार सबैभन्दा बढी ४५ दशमलव ८९ अंकले बढेको छ भने ४५ अंकले नै घटेको छ । यो एक सातामा १ खर्ब ९७ अर्ब रुपैयाँले लगानीकर्ताको सम्पती घटेको छ ।
त्यस्तै कारोबारमा आएका १३ वटै उपसमूहको सूचकमध्ये उत्पादनमूलक समूहबाहेक सबै १२ वटौ समूहको सूचकमा गिरावट आएको छ । सबैभन्दा धेरै लाइफ इन्स्योरेन्स कम्पनीको शेयर मूल्य ५ प्रतिशतले घट्दा अन्य समूहको सूचक १ प्रतिशतभन्दा बढीले घटेका छन् । त्यस्तै यो साता कुथेली बुखरी स्मेल हाइड्रो पावर कम्पनीको १३.२१ प्रतिशतले सबैभन्दा बढी नाफा आर्जन गरेको छ। कम्पनीको शेयर मूल्य २६५० बाट बढेर ३ हजार पुगेको थियो । भने सबैभन्दा बढी घट्ने कम्पनीमा लाइफ इन्स्योरेन्स कर्पोरेनसको २०.९६ प्रतिशतले घटेको छ । कम्पनीको आइतबार १५५५ रुपैयाँ रहेको प्रतिशेयर मूल्य बिहीबारसम्म आइपुग्दा १२२९मा आइपुगेको हो । ३२६ ले लगानीकर्ताले गुमाउनपुगेका छन् ।
यो साता नाशा सेक्युरेटिजले सर्बाधिक शेयर किनेको छ । कम्पनीले सातामा २ अर्बभन्दा बढीको शेयर किनेको हो । भने सर्वाधिक शेयर बेच्ने ब्रोकर कम्पनीमा नाशा नै रहेको छ । कम्पनीले १ अर्ब ९६ करोड रुपैयाँको शेयर विक्री गरेकोछ।
FACEBOOK COMMENTS