काठमाडौं । राधी विद्युत कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो ।
आजसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनेछन् । कम्पनीले लाभांश पारित गर्न पुस १८ गते वार्षिक साधारण सभा बोलाएको छ ।
कम्पनीले गत वर्षको नाफाबाट लगानीकर्तालाई ५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा लगानीकर्तालाई ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
FACEBOOK COMMENTS