काठमाडौं । मिसेस नेपाल वर्ड २०२४ कि विजेता डा. डेनिला कार्किले लुयानको इलेक्ट्रिक स्कुटर पाएकी छिन् ।
गत शनिबार काठमाडौमा आयोजित पुरस्कार वितरण तथा सक्सेस पार्टिमा उक्त स्कुटर हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा वरिष्ठ समाजसेवी तथा माइती नेपालकी सस्थापक अनुराधा कोइराला, लुयान नेपालका प्रबन्ध निर्देशक दुर्वास नगरकोटी तथा आयोजक रिवन इन्टरटेनमेन्टका सिइओ निशुकान्त झाले सयुक्त रुपमा स्कुटर हस्तान्तरण गरेका थिए ।
“अब विद्युतीय सवारीसाधन नै चलाउन पर्छ भन्ने सोँचमा त म पनि थिएँ । यस भन्दा पहिले लुयान नेपाल कै इभि र्यालीमा टेष्ट राइड पनि गरेका थियौं । तेतिबेला नै यसको राइड गर्दा चित्र् बुझेको थियो । न वातावरण बिगार्ने, न त आवाज नै आउने । कस्तो स्मुद राइड भएकोले म तेती बेला नै एक्साइटेड थिए ” डा कार्कीले भनिन् “यस्तो विद्युतीय सवारीसाधनलाई सरकार र स्वयँ प्रयोगकर्ताले पनि विशेष प्राथमिकता दिनुपर्छ भन्ने लाग्छ । पृथ्वि र समग्र मानव सभ्यताको भविष्यको लागि पनि विद्युतीय सवारीसाधनको प्रयोग बढाउनुपर्छ भन्न चाहन्छु ।”
FACEBOOK COMMENTS