काठमाडौं । नेपाल एसबीआई बैंकले चितवनको रत्ननगरस्थित गायत्री वेद वेदांग संस्कृत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत आर्थिक सहयोग गरेको छ ।
कार्यक्रममा बैंकका बागमती प्रदेश कार्यलय प्रमुख प्रवीणमुनी बज्राचार्यले गुरूकुलमका प्राचार्यसुभास चालिसेलाई सहयोग रकम हस्तान्तरण गरेका थिए । कार्यक्रममा बैंक तथा गुरूकुलमका अन्य वरिष्ठ पदाधिकारीहरूको पनि उपस्थिति थियो ।
बैंकले समुदायस्तरमा संस्कृति तथा सम्पदा संरक्षणका लागि समयसमयमा यस्ता गतिविधिहरू गर्दै आइरहेकोे छ ।
हाल बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२१ एटीएम र १ कर्पोरेट कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ ।
FACEBOOK COMMENTS