ब्राजिलको ग्रामाडो शहरमा निजी विमान दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । मृतक सबै एकै परिवारका रहेको ब्राजिलियन सञ्चार माध्यमहरूले जनाएका छन् ।
अधिकारीहरूका अनुसार दुर्घटनाग्रस्त विमान आइतबार बिहान ब्राजिलका व्यापारी लुइज क्लाउडियो ग्यालेजीले उडाएका थिए ।
दुर्घटनामा उनीसहित उनकी श्रीमती, तीन छोरी र परिवारका अन्य सदस्यको मृत्यु भएको उनको कम्पनीले प्रेस विज्ञप्ति जारी गरेर जानकारी गराएको हो ।
दुर्घटनाग्रस्त विमान पहिले एक भवनको चिम्नीमा र त्यसपछि घर र पसलमा ठोक्किएको बताइएको छ । दुर्घटनामा सो क्षेत्रका भवनमा पनि क्षति पुगेको छ ।
यस घटनामा १७ जना घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन्, जसमध्ये दुई जनाको अवस्था चिन्ताजनक रहेको छ ।
जानकारीअनुसार ६१ वर्षीय व्यापारी ग्यालेजी आफ्नो परिवारलाई यात्रामा लिएर जाँदै थिए । विमान दुर्घटनाको कारण खराब मौसम रहेको बताइएको छ ।
FACEBOOK COMMENTS