काठमाडाैँ । कर्णाली डेभलपमेण्ट बैंक शेयर कारोबार रोक्का गर्न नेपाल धितोपत्र बोर्डले निर्देशन दिएको छ । बिहीबार बोर्डले विज्ञप्ति जारी गर्दै कम्पनीको शेयर कारोबार रोक्न निर्देशन दिएको हो । नेपाल राष्ट्र बैंकको पत्रका आधारमा अर्को व्यवस्था नभएसम्मका लागि कम्पनीको शेयर रोक्का पत्रमा उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ,‘ बैंकलाई समस्याग्रस्त संस्था घोषणा गरिएको तथा सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतलाई निलम्बन गरी व्यवस्थापन नियन्त्रणमा लिइएको जानकारी प्राप्त भएकोले धितोपत्रमा लगानी गर्ने लगानीकर्ताको हितलाई मध्यनजर गरी अर्को व्यवस्था नभएसम्मको लागि तत्काल उक्त सूचिकृत संगठित संस्थाको धितोपत्र कारोवार स्थगन गरी, यस सम्बन्धमा थप अध्ययन गरी रायसहित प्रतिवेदन पेश गर्न नेप्सेलाई आग्रह गर्दछु ।’