काठमाडाैँ । उद्योगमन्त्री दामोदर भण्डारीले नेपाल विद्युत् प्राधिकरणको पत्रका भरमा कम्पनीहरूको सेयर किनबेच रोक्का गर्ने काम नगर्न कम्पनी रजिस्ट्रारको कार्यालयलाई निर्देशन दिएका छन् ।
प्रक्रिया नपुर्याइ गैरकानुनी रूपमा ‘डेडिकेटेड’ तथा ‘ट्रंकलाइन’ महसुल विवादसँग जोडिएका उद्योग (कम्पनी) हरूको सेयर किनबेच रोक्न नमिल्ने मन्त्री भण्डारीले बताए ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट आधिकारिक रूपमा उद्योग मन्त्रालयमा पत्र आएपछि सोही पत्रका आधारमा मात्रै यस्तो रोक्का प्रक्रिया अघि बढाउन सकिने सुझाव दिएका थिए ।
बिहीबार मन्त्री भण्डारीले कम्पनी रजिस्ट्रार प्रदीप अधिकारीलाई फोन गरेर प्राधिकरणले पत्र पठाएका भरमा कम्पनीहरूको सेयर किनबेच रोक्न नमिल्ने बताएका हुन् । जवाफमा अधिकारीले प्राधिकरणको पत्र दर्ता हुन आएकाले सेयर किनबेच रोक्का गर्ने हो कि भन्ने सोच बनाएको र यस सम्बन्धमा निर्णय भइनसकेको जवाफ दिएको बताइएको छ ।
FACEBOOK COMMENTS