काठमाण्डौं — नेपाल आयल निगमले एक महिनामा करिब ६४ करोड रुपैयाँ घाटा व्यहोरेको छ।
पछिल्लो समय अमेरिकी डलरसँग नेपाली मुद्राको अवमूल्यन हुने क्रम सुरु भएपछि निगमको घाटा चुलिँदै गएको छ।
यसका साथै अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य वृद्धि हुँदा निगमलाई थप असर परेको हो।
करिब तीन साताअघि प्रतिब्यारल कच्चा इन्धनको मूल्य ७३/७४ डलर थियो।
निगमका निमिक्त कार्यकारी निर्देशक सुशील भट्टराईकाअनुसार प्रतिब्यारेलमा तीन डलरले मूल्य वृद्धि हुँदा निगम ठूलो घाटा व्यहोर्न बाध्य भएको बताए ।
— अन्नपुर्ण
FACEBOOK COMMENTS