काठमाडौं । काठमाडौं जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान सुरू भएको छ ।
काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी अभियोगमा मुद्दा परेपछि आज बिहान जिल्ला अदालतमा आफैं हाजिर भएका लामिछानेको मुद्दा न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा तोकिएको छ ।
पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा यही पुस २५ गते धरौटीमा रिहा भएपछि लामिछाने पुस २६ गते साँझ काठमाडौं आएका थिए ।
स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत अपचलन प्रकरणमा पुस २१ गते लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाएर काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।
लामिछानेविरूद्ध ५ करोड ८ लाख रूपैयाँ बिगो दाबी गर्दै सहकारी ठगी र संगठित अपराधमा मुद्दा दर्ता गरिएको छ ।
FACEBOOK COMMENTS