काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना वरिष्ठ अभिकर्ताहरूके रायसुझाव र मागलाई मध्यनजर गर्दै कम्पनीको बहुचर्चित बाल अमृत बीमालेखअन्तर्गत बाल अमृत-४ सावधिक बीमालेख प्रस्तुत गरेको छ ।
जुम मिटिङमार्फत जोडिएका कम्पनीका सबै प्रदेश तथा शाखा प्रमुख, मार्केटिङ कर्मचारीहरू, वरिष्ठ अभिकर्ताहरूका साथै केन्द्रीय कार्यालयका विभागीय प्रमुखहरू सम्मिलित एक समारोहका बीच प्रमुख कार्यकारी अधिकृतले यस बीमालेखको उद्घाटन गरे । उनले विगतमा पनि अभिकर्ता तथा बीमितहरूले अत्यन्तै रूचाएको बाल अमृत बीमालेखलाई अझ बढिी परिष्कृत गरी बाल अमृत सावधिक बीमालेख-४ योजना प्रस्तुत गर्न पाउँदा अत्यन्तै खुसी लागेको र बालबच्चाको सुमधुर भविष्यसँग सम्बन्धित यो योजना कम्पनीकै एक अब्बल योजना रहेको बताए ।
यस बीमालेख योजनाका विशेषताहरूका सम्बन्धमा बजार विभाग प्रमुख विवेक शमाले प्रस्ट्याउँदै हुँदै यस बीमालेखमा बीमितको प्रवेश उमेर न्यूनतम १ महिना (३०) दिन र अधिकतम १५ वर्ष, प्रस्तावकको उमेर न्यूनतम २० वर्ष र अधिकतम ५० वर्षसम्म रहने प्रावधान रहेको छ । यस बीमालेखमा प्रस्तावकको रूपमा बुवा, आमा वा कानुनी संरक्षक हुनुपर्नेछ । बीमांक रकम न्यूनतम १ लाख र अधिकतम आयस्रोतको आधारमा ५० लाख रूपैयाँसम्म लिन सकिने यस बीमालेखले प्रस्तावकको पनि जोखिम रक्षावरण गरेको हुन्छ र बीमाशुल्क मासिक, त्रैमासिक अर्धवार्षिक र वार्षिक रूपमा बुझाउन सकिने व्यवस्था गरेको छ । यसैगरी यस बीमालेख योजनामा अधिकतम बीमा समाप्ति उमेर ७० वर्ष रहेको साथै चुक्ता मूल्य, ऋण, समर्पण मूल्य र आयकर छुटलगायतका अन्य सुविधहारू पनि यस बीमालेखमा रहेको बताए ।
यस बीमालेखलाई प्रवर्द्धन गर्ने उद्देश्यले बीमित तथा अभिकर्ताहरूका लागि बीमालेख आरम्भ सप्ताह प्रोत्साहन योजना पनि लागू गरिएको बताए । साथै उनले सम्पूर्ण अभिकर्ता, बीमित र कम्पनीका शुभेच्छुकहरूले कम्पनीको मोबाइल एप्स, वेबसाइट र नेपालभर रहेका जुनसुकै शाखा कार्यालयहरूमा गएर पनि यससम्बन्धी विस्तृत जानकारी लिन सकिने व्यवस्था गरिएको बताए ।
FACEBOOK COMMENTS