काठमाडौं । रूपन्देही जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान सकिएको छ । बयानका लागि मंगलबार नै भैरहवा गएका लामिछानेको बुधबार बयान सुरू भएर सकिएको हो ।
न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा रविको बयान भएको हो । आज बयान मात्र सकिएकाले थुनछेक बहस आज नहुने अदालत स्रोतले जनाएको छ ।
लामिछानेविरूद्ध बुटवलको सुप्रिम सहकारीको बचत ठगी आरोपमा आइतबार रूपन्देही अदालतमा पूरक अभियोग दर्ता भएको छ ।
लामिछानेसहित छविलाल जोशी, जीबी राईसहित पूरक अभियोगका १४ र यसअघिको मुद्दाका २८ गरी ४२ जनाविरूद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।
FACEBOOK COMMENTS