काठमाडौ । सहकारी ठगी प्रकरणमा जोडिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका विषयमा आज थुनछेक बहस हुने भएको छ ।
बुधबार रुपन्देही जिल्ला अदालतले थुनामा राख्न नपर्ने भन्दै उनको श्रीमति निकिता पौडेलको जिम्मामा छोडेको थियो ।
बुधबार न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा लिइएको बयान भएको थियो । आज थुनछेक बहसका लागि लामिछाने बिहान १० बजे अदालतमा उपस्थित हुने छन् ।
आज सुरुमा सरकारी वकिलको तर्फबाट बहस हुनेछ भने त्यसपछि लामिछानेको पक्षका कानुन व्यवसायीहरूले बहस गर्नेछन् । बुटवलको सुप्रिम सहकारी अपचलनको मुद्दा रविसहित २२ जनाविरुद्ध मुद्दा परेको थियो ।
FACEBOOK COMMENTS