अमेरिकाको लस एन्जलसमा जंगलमा लागेको आगो फेरि फैलिएको छ । आगो फैलिएपछि हजारौं मानिसलाई सुरक्षित स्थानमा सारिएको । अहिले आगो लागेको क्षेत्र शहरबाट ४५ माइल टाढा छ ।
यो आगो कास्टिक ताल नजिकको पहाडी क्षेत्रमा लागेको हो । यस क्षेत्रको नजिकै थुप्रै आवासीय क्षेत्र र स्कुलहरू रहेका छन् ।
आगोका लप्काहरूले ८ हजार एकडभन्दा बढी क्षेत्रलाई आफ्नो चपेटामा लिएको छ । तीव्र हावा र सुक्खा झाडीहरूले आगोलाई फैलिन मद्दत गरिरहेका छन् ।
यद्यपि, यस आगोले अहिलेसम्म कुनै घरलाई क्षति पुर्याएको छैन तर करिब १९ हजार बासिन्दाहरूलाई आफ्नो क्षेत्र छाड्न बाध्य बनाएको छ ।
अमेरिकाको क्यालिफोर्नियामा अग्निनियन्त्रण टोली अझै पनि जंगलमा लागेको आगो निभाउन खटिएका छन् । आगो लागेको एक हप्ताभन्दा बढी समय भइसकेको छ ।
यस आगोका कारण थुप्रै मानिसका विलासी घरहरू नष्ट भएका छन् र २५ जनाको मृत्यु भइसकेको छ ।
FACEBOOK COMMENTS