काठमाडौं । कृषिविज्ञका रूपमा परिचित खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-२, सोल्मास्थित शुभद्रा मदन फाउण्डेशनका संस्थापक मदन राई बालयौन दुरूपयोगको कसुरमा दोषी ठहर भएका छन् ।
खोटाङ जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले १० माघमा राईलाई दोषी ठहर गरेको हो ।
राईलाई सजाय निर्धारणका लागि २५ माघमा अर्को पेसी तोकिएको छ । उनीविरूद्ध कसुरअनुसार तीन वर्षसम्म कैद र ७५ हजार रूपैयाँ जरिवाना माग गरेर मुद्दा परेको थियो ।
राईले आफूले स्थापना गरेको फाउण्डेशनमा पढ्ने बालिकाहरूलाई लामो समयदेखि यौन दुर्व्यवहार गरेको आरोप छ । डेढ वर्षअघि एक अनलाइनले यस सम्बन्धमा समाचार प्रकाशन गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर उनीविरूद्ध मुद्दा चलाएको थियो ।
FACEBOOK COMMENTS