काठमाडाैं । साताको दोस्रो दिन सोमबार नेप्से सूचक १०.६१ अंकले घटेर २ हजार ६३३.३२ विन्दुमा आइपुगेको छ । धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका ३१२ कम्पनीको १ करोड ७२ लाख कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ९२ करोड रूपैयाँको कारोबार भएको छ । सर्वाधिक कारोबार सिन्धु विकास बैंक,सप्तकोशी डेभलपमेन्ट बैंक,एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट, माउन्टेन इनर्जी नेपाल र हिमालयन रिइन्स्योरेन्स कम्पनीको २३ करोड रूपैयाँदेखि २९ करोड ८३ लाख रूपैयाँसम्मको भएको छ ।
घटेको बजारमा पनि सर्वाधिक बढ्ने कम्पनीमा न्यादी ग्रुप पावर, जानकी फाइनान्स, ग्रीन डेभलपमेन्ट बैंक, सामुदायिक लघुवित्त वित्तीय संस्था, बोटल् नेपाल ( बालाजु) को ८.२४ प्रतिशतदेखि १० प्रतिशतसम्मले बढेको छ । यो दिन घटेको बजारमा सप्तकोशी डेभलपमेन्ट बैंक,उपकार लघुवित्त वित्तीय संस्था,धौलागिरी लघुवित्त वित्तीय संस्था,नेपाल हाइड्रो डेभलपर्स, स्वाभिमान लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ४.३६ प्रतिशतदेखि ८.४६ प्रतिशतसम्मले घटेको छ ।
FACEBOOK COMMENTS