काठमाडौं । धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासिक अवधिको अपरिष्कृत प्रतिवेदन प्रकाशित गरेको छ ।
धौलागिरि लघुवित्त वित्तीय संस्थाले वित्तीय सूचकहरूमा उल्लेखनीय सुधार गरी अहिलेको वित्तीय संकटको अवस्थामा पनि वित्तीय अवस्था सन्तोषजनक अवस्थामा कायम राख्न सफल भएको देखिएको छ । संस्थाले ब्याज आम्दानीमा अघिल्लो वर्षको दोस्रो त्रैमासिकमा ४ करोड १४ लाख रूपैयाँ घाटा व्यहोरेकामा यो त्रैमासमा उल्लेखनीय सुधार गरी ६ करोड ४१ लाख ब्याज आम्दानी गरी २० लाख ८१ हजार रूपैयाँ खुद नाफा कमाएको छ ।
त्यस्तै, नाफा कमाउँदा प्रतिशेयर आम्दानी १.५६ रहेको छ । खराब कर्जा असुलीमा पनि सुधार गर्दै संस्थाको खराब कर्जा ५.५० प्रतिशतमा रहेको छ ।
निमित्त प्रमुख कार्यकारी अधिकृतमा शिवराम जोशीले संस्थाको नेतृत्व लिएसँगै यस अवधिमा संस्थामा कार्यरत कर्मचारीहरूको आत्मबल साथै उत्प्रेरणा बढेकाले संस्थाको नामामा उल्लेख्य सुधार आएको हो ।
संस्थाले शाखा प्रमुख तथा कर्मचारीलगायत सम्पूर्ण फिल्ड सहायक कर्मचारीसहितको तालिमसमेत आयोजना गरी कर्मचारीहरूको वित्तीय सुरक्षा मनोवल उच्च बनाएको छ ।
यस अवधिमा संस्थाले देशका २६ जिल्लामा ५८ वटा शाखा कार्यालयहरूमार्फत ४० हजार ७३३ जान विपन्न घरपरिवारमा सेवा पु¥याउँदै २ अर्ब १६ करोड ४१ लाख ५६ हजार रूपैयाँ कर्जा लगानी र ८१ करोड २२ लाख ९१ हजार रूपैयाँ बचत संकलन गरेको छ ।
FACEBOOK COMMENTS