काठमाडाैँ । उपभोक्ता अदालत गठन गर्ने निर्णयलाई लिएर राष्ट्रिय उपभोक्ता मञ्चले स्वागत गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले उपभोक्ता अदालत गठन गर्ने निर्णयलाई लिएर स्वागत गरेको हो ।
उपभोक्ता संरक्षण ऐन, ०७५ ले गरेको व्यवस्थाअनुसार ऐन गठनको निर्णय भएको थियो । जसलाई लिएर मञ्चले स्वागत सहित सरकारलाई धन्यवाद दिएको हो । उपभोक्ता अधिकारकर्मीहरुले लामो समयदेखि उपभोक्ता अदालत गठनका लागि सरकारलाइ दबाब दिर्दै आएका थिए । मञ्चले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘ उपभोक्ता अदालत गठनसम्बन्धी केही नीतिगत कमजोरी भए पनि अहिले गठन भएको उपभोक्ता अधिकार गठनले आम उपभोक्तालाई सरद सहज र सुलभ रुपमा न्याय पाउने आधार खडा भएको छ ।’
सरकारले बबरमहलस्थित औषधि लिमिटेडको भवनमा अदालत स्थापना गर्ने निर्णय भइसकको छ । त्यस्तै, अध्यक्षमा जिल्ला अदालत, काठमाडौंका न्यायाधीश रामप्रसाद शर्मा तोकिएका छन् । त्यस्तै, विशेष अदालतका प्रवक्ता गेहेन्द्र रेग्मी र उद्योग मन्त्रालयका उपसचिव आनन्द पोखरेल सदस्य तोकिएका छन् ।
FACEBOOK COMMENTS