काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले समता फाउण्डेसनलाई पाँच लाख रुपैयाँ सहायता प्रदान गरेको छ ।
आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत इन्स्योरेन्सले समता फाउण्डेसन आर्थिक सहयोग गरेको हो । उक्त सहयोग फउण्डेसनमा अध्यनरत विधार्थीहरुको शिक्षातर्फ खर्च हुनेछ । एक कार्यक्रमका बीच कम्पनिका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले उक्त रकम फाउण्डेसनका प्रतिनिधि दिपक बस्नेतलाई हस्तानतरण गरे ।
सबैका लागी शिक्षा सहज र सुलभ बनाउन समर्पित समता फाउण्डेसन लाई दिएको यस योगदानले विद्यार्थीहरूको उज्जवल भविष्य निर्माणमा सहयोग पुग्ने विश्वास कम्पनीले लिएको छ ।
कम्पनीले १३९ शाखा तथा उपशाखा कार्यालयबाट जीवन बीमा सेवा प्रदान गर्दे आईरहेको छ । शिक्षा, स्वास्थ्य र समाजसेवाका क्षेत्रमा सक्रिय रहँदै आएको सन नेपाल लाइफले आगामी दिनहरूमा पनि संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
FACEBOOK COMMENTS