काठमाडौं – संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मन्त्रालयमातहतका आगामी आर्थिक वर्षका कार्यक्रम पर्याप्त नभएको बताएका छन्। उनले कोभिड–१९ महामारीका कारण जीवन रक्षामा जोड दिनुपरेकाले पर्यटन क्षेत्रमा बजेट कम भएको बताए।आर्थिक वर्ष २०७७/०७८ को विनियोजन विधेयकमाथि संसद्मा सम्बन्धित विषयमा छलफलका क्रममा सांसदको प्रश्नको जवाफ दिनेक्रममा उनले यस्तो बताएका हुन्।
‘नीतिगत मार्गदर्शनमा रहेर नेपाल सरकारले आगामी आर्थिक वर्षको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन क्षेत्रका कार्यक्रम तयार गरिएका छन्’, उनले भने, ‘मलाइ लाग्दछ, यी पर्याप्त छैनन् , तथापि दीर्घकालीन विकासका मार्गतर्फ अग्रसर पक्कै छन्।’
विश्व महामारीका रुपमा रहेको कोभिड९१९ को संक्रमणको समयमा आएको यस बजेटले जीवन र जीविकाको रक्षामा जोड दिएको उनले बताए। नेपालको तुलनात्मक लाभको क्षेत्रको रुपमा रहेको पर्यटन क्षेत्र कम लगानीमा बढी प्रतिफल प्राप्त गर्न सकिने र समावेशी विकासका अन्य आयाममा समेत सँगसँगै अघि बढ्न सकिने भएकोले देशको समग्र विकासको मेरुदण्डको रुपमा रहेपनि सबै वर्ग, क्षेत्र, जाति र समुदायको संस्कृतिको संरक्षणमा वर्तमान सरकारका कार्यक्रम लक्षित रहेको उनको भनाइ छ।
आगामी वर्षभित्र गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने बताए। उनका अनुसार २ वर्षभित्र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न गरी सञ्चालनमा आउनेछ।
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य शीघ्र अघि बढाउने योजना उल्लेख गर्देै उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिसँगै वैकल्पिक आन्तरिक विमानस्थल निर्माण गर्ने कार्य अघि बढेको बताए। विश्व महामारीको रुपमा रहेको कोभिड९१९ को कारण मर्माहत भएको पर्यटन क्षेत्रमा पुनरुत्थान र पर्यटन पूर्वाधारमा जोड दिँदै स्थगित हुन पुगेको भ्रमण वर्ष, २०२० लाई थप तयारी र दीर्घकालीन पर्यटन दशकको अवधारणा अन्तर्गत विशेष तयारी र २ वर्षभित्र सम्पदाको पुननिर्माण सम्पन्न गर्ने मूलभूत दिशातर्फ हाम्रा कार्यक्रम लक्षित रहेको बताए। यस्ता रणनीतिक प्राथिमकतामा जोड दिनुपर्ने उनले बताए।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आ।व। ०७७/०७८ को विनियोजन शीर्षकमाथि परेका संशोधन प्रस्ताव तथा खर्च कटौति प्रस्ताव फिर्ता लिनसमेत भनेका छन्।
-अन्नपुर्ण दैनिक
FACEBOOK COMMENTS