काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश संसद्बाट पारित हुने वा नहुने विषयमा अहिले टिप्पणी गर्ने बेला भइनसकेको बताएका छन् ।
सङ्घीय संसद् भवन परिसरमा अध्यादेश सम्बन्धमा आज सोधिएका प्रश्नबारे सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले अहिले संसद्को गणपूरक सङ्ख्या गन्ने बेला आइनसकेको बताएका हुन् ।
संसद्को हिउँदे अधिवेशन सुरू हुनुअघि सरकारले विभिन्न मितिमा छवटा अध्यादेश जारी गरेको थियो । संसद् नियमावलीअनुसार संसद् बैठक सुरू भएपछि अध्यादेशहरू पेस गर्नुपर्ने प्रावधान छ ।
FACEBOOK COMMENTS