काठमाडौं । आवरण क्सिन एण्ड हेयर क्लिनिक दशौँ वर्षमा प्रवेश गरेको छ ।
काठमाडौंको दरबारमार्गमा अवस्थित क्लिनिकले आज बिहीबार आफ्नै कार्यालयमा केक काटेर नवौँ वार्षिकोत्सव मनाएको हो । आवरणले विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको आतिथ्यताका बीच वार्षिकोत्सव मनाएको संस्थापक डा. रुपक घिमिरेले जानकारी दिए ।
छाला तथा यौनरोग विशेषज्ञ डा. घिमिरेका अनुसार आवरणले अन्तर्राष्ट्रियस्तरको कपाल तथा छालाको उत्कृष्ट र सफल उपचार सेवा दिँदै आएको छ । आवरणमा संस्थापक डा. घिमिरेसहित डा. गणेश भुसाल, डा. उपासना मानन्धर र डा. संगम रायमाझी पनि आवद्ध छन् ।
डर्माटोलोजीमा एमडी गरेका डा. घिमिरे आवरण स्किन क्लिनिकका सञ्चालक तथा कपाल प्रत्यारोपणका विशेषज्ञ डाक्टर हुन् । काठमाडौं मेडिकल कलेजका पूर्वसहायक प्राध्यापक समेत रहेको उनी नेपाल सोसाइटी अफ हेयर सर्जनका सचिवको समेत जिम्मेवारी सम्हालिसकेका छन् । डा. घिमिरेको मेडिकल काउन्सिल दर्ता नम्बर ७९०२ हो ।
उनले आगामी दिनमा आफ्ना सेवाहरूलाई विशिष्टीकृत गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
FACEBOOK COMMENTS