काठमाडौं । नेपाल वायुसेवा निगम र जापानको जापान एयरलाइन्स बिच व्यापार विस्तारका लागि सम्झौता भएको छ ।
यो सम्झौतासँगै नेपाल एयरलाइन्सको टिकटमार्फत जापान एयरलाइन्सबाट यात्रा गर्न सकिने छ ।
निगमबाट संसारभरीकै गन्तव्यको टिकट लिन सकिने र जापान एयरलाइन्समार्फत उडान गर्ने गरी द्धिपक्षीय सम्झौता भएको बताईएको छ ।
सम्झौता अनुसार नेपाल वायुसेवा निगमको टिकटबाट जापान एयरलाइन्सको कनेक्टिङ फ्लाइटमार्फत् विश्वभरीको अन्तिम गन्तव्य सम्मको लागि यात्रु तथा व्यागेज चेक–इन सुविधा प्राप्त हुनेछ । सोही नेटवर्क हुँदै विश्वभरीबाट पर्यटकहरु सहज रुपमा नेपाल भ्रमण गर्न सक्ने छन् ।
FACEBOOK COMMENTS