शेयरबजारको हरियालीले आज पनि पायो निरन्तरता, नेप्से २९ सय विन्दुनजिक
काठमाडौं । केही दिनयता निरन्तर बढिरहेको शेयर बजारमा आज उच्च अङ्कको वृद्धि आएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से ७५.२४ अङ्कले वृद्धि भइ दुई हजार ८९० दशमलव २८ विद्यनुमा उक्लिएको छ ।
आज ३०२ कम्पनीका दुई करोड ९१ लाख ६६ हजार ६५६ कित्ता शेयर एक लाख ३९ हजार ५९६ पटक खरिदबिक्री हुँदा १४ अर्ब, २५ करोड चार लाख ७५ हजार ७३६ रुपैयाँबराबरको कारोबार भएको छ । आज नेप्से २.६७ प्रतिशतले बढेको हो ।
बजारमा उच्च अङ्कको वृद्धि आउँदा पनि म्युचुअल फण्ड उपसमूहमा भने १.२७ प्रतिशतले गिरावट आएको छ । त्यसबाहेक सबै उपसमूहहरूमा १.०६ देखि ४.७९ प्रतिशतसम्म वृद्धि भएको छ ।
आज आधा दर्जन कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् ।
करिब ६ महिनादेखि निकै लामो उतारचढाव झेलेको नेप्से गत बिहीबार दुई हजार ८१५ अङ्कमा आउन सफल भएको थियो । उक्त वृद्धिले आज पनि निरन्तरता पाएको हो । गत मंगलबार राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिको अर्थवार्षिक समीक्षापछि नेप्सेले वृद्धिको गति लिएको हो । साथै, गभर्नर महाप्रसाद खतिवटाको वर्हिगमनको समय छोट्टिदै गएकाले पनि लगानीकर्ता उत्साहित भएको चर्चा गर्न थालिएको छ ।
नेप्सेकाे सीईओका लागि आवेदन दिने म्याद फागुन २५ सम्म लम्बियो
FACEBOOK COMMENTS