काठमाडौं । सेयर बजार परिसूचक नेप्से आज १३ दशमलव ६२अंकले घटेको छ ।
यो सँगै परिसूचक २ हजार ८ सय ७७ दशमलव ७३ विन्दुमा पुगेको छ ।
बजार घट्दा कारोबार रकम भने सामान्य बढेको छ । अघिल्लो दिन १४ अर्ब २५ करोडको कारोबार भएकोमा आज १४ अर्ब २८ करोडको भयो ।
५१ कम्पनीको मूल्य बढ्दा १८७ को घट्यो भने ६ को स्थिर रह्यो । बैंकिङ १ दशमलव ३५, विकास बैंक ० दशमलव८४, फाइनान्स ० दशमलव ९३, होटल तथा पर्यटन १ दशमलव ८८, हाइड्रोपावर १ दशमलव २१, लगानी ० दशमलव २४, व्यापार ० दशमलव ८४ तथा माइक्रोफाइनान्स ० दशमलव ८८ प्रतिशत घटे । अन्य १ दशमलव ६८, निर्जीवन बीमा ० दशमलव४६, उत्पादन ० दशमलव २५, जीवन बीमा ० दशमलव ७७ प्रतिशत बढे ।
गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढ्यो । दिव्यश्वरी हाइड्रोपावरको ९ दशमलव ४५, सिन्धु विकास बैंकको ७ दशमलव ८५, हिमालयन रिइन्स्योरेन्सको ७ दशमलव २५, नेसनल लाइफ इन्स्योरेन्सको ६ दशमलव १७ तथा बोटलर्स नेपाल बालाजुको ५ दशमलव ४६ प्रतिशत मूल्य बढ्यो ।
समाज लघुवित्तको मूल्य १० प्रतिशत घट्यो । उपकार लघुवित्तको ७ दशमलव २४, बाराही हाइड्रोपावरको ६ दशमलव ७७, सपोर्ट माइक्रोफाइनान्सको ६ दशमलव ६० र भूगोल इनर्जीको ६ दशमलव ४२ प्रतिशत मूल्य घट्यो ।
यस दिन हिमालयन रिइन्स्योरेन्सको मात्रै १ अर्ब ३८ करोडको कारोबार भयो । त्यसपछि कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा, हिमालयन डिस्टिलरी, एचआईडीसीएल प्रमोटर र सिन्धु विकास बैंक क्रमशः अगाडि रहे ।
FACEBOOK COMMENTS