काठमाडौं । चक्रपथ परिक्रमा रुटमा चल्ने बसमा बुधबार आगलागी भएको छ । धुम्बाराहीमा इलेक्ट्रिक भेइकल (इभी) बसमा आगलागी भएको हाे ।
प्रदेश-३-०५-००५ ख ९६९३ नम्बरको बसमा आगगाली भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले बताए ।
आगलागीको जानकारी पाउनसाथ प्रहरीले बसको आगो तत्कालै नियन्त्रणमा लिएको थियो ।
बसमा रातमा चार्ज गर्ने क्रममा आगलागी भएको हो । त्यसैले कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।
FACEBOOK COMMENTS