काठमाडौं । सुनको भाउ बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोल ३०० रुपैयाँले बढेर १ लाख ७० हजार ७०० रुपैयाँ कायम भएको छ ।
यसअघि मंगलबार र बुधबार पनि सुनको भाउ क्रमशः प्रतितोला १४०० र ९०० रुपैयाँले बढेको थियो । यता, बिहीबार चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले बढेर १९ सय ८५ रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको भाउ तोलाको १९ सय ५० रुपैयाँ कायम रहेको थियो ।
FACEBOOK COMMENTS