काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको साधारण सेर आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो ।
आईपीओमा आज कार्यालय समयसम्म मात्रै आवेदन दिन सकिनेछ । कम्पनीले फागुन २२ गतेदेखि सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले १८ करोड ४५ लाख रुपैयाँको १८ लाख ४५ हजार कित्ता सेयर निष्कासन गरेको छ ।
आईपीओमा न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । आवेदन सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर मार्फत आवेदन दिन सकिनेछ । यसको बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल रहेको छ ।
FACEBOOK COMMENTS