काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र कुपन्डोल जननी फर्टिलिटी क्लिनिकबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट प्रदान गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ।
सो समझदारी पत्रमा हस्ताक्षर भएपछि सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले जननी फर्टिलिटी क्लिनिकमा ५% औषधि छुट, १०% प्याथोलोजि टेस्टमा छुट र डाक्टर परामर्शमा ५०% सम्म आकर्षक छुट प्राप्त गर्न सक्नेछन्।
यस प्रकारको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ प्रेरित हुने विश्वास बैंकले लिएको छ। बैंकले डिजिटल बैंकिङ माध्यमको प्रयोगलाई प्रोत्साहन गर्न र ग्राहकहरूलाई डिजिटल भुक्तानीमा अभ्यस्त गराउन समय-समयमा ग्राहकमैत्री सुविधाहरू सञ्चालन गर्दै आएको छ। डिजिटल कारोबारमा पाइने छुटसम्बन्धी विस्तृत जानकारी सिटिजन्स बैंकको वेबसाइटमा उपलब्ध छ।
विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द ईयर २०२४ को उपाधि जित्न सफल यो बैंकले हालै फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक सिटिजन्स फोनपे क्रेडिट कार्ड (भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको छ। साथै, नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एपमार्फत शेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने सुविधा पनि उपलब्ध गराएको छ। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशभरका ६० जिल्लामा रहेका १९९ शाखा, १६६ एटीएम, ३ विस्तारित काउन्टर र ७४ शाखारहित बैंकिङ इकाइमार्फत १८ लाख ५० हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।
FACEBOOK COMMENTS