काठमाडौं । काठमाडौंको काँडाघारीमा अवस्थित भिमेश्वर एकेडेमीले आफ्नो १९औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको प्रमुख आतिथ्यतामा शनिबार विशेष समारोह आयोजना गरी विद्यालयले विविध सांस्कृतिक कार्यक्रमका साथ आफ्नो वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो ।
विद्यालय प्राङ्गणमै आयोजना गरिएको भव्य समारोहमा विद्यालयका शिक्षक र विद्यार्थीहरूले करिब तीन दर्जन सांस्कृतिक प्रस्तुतिहरू प्रस्तुत गरी उपस्थित अतिथि र अभिभावकहरूलाई मनोरञ्जन प्रदान गरिएको थियो । साथै, समारोहमार्फत विद्यालयले आफ्नो शैक्षिक उपलब्धिहरू सार्वजनिक गर्नाका साथै विद्यालयको अतिरिक्त गतिविधिहरूमा उत्कृष्टहरूलाई सम्मान र पुरस्कार पनि प्रदान गरेको थियो । यस्तै, विद्यालयका शिक्षक तथा केही ज्येष्ठ नागरिकहरूलाई पनि सम्मान गरिएको विद्यालयले जनाएको छ ।
विद्यालयलाई विशेष योगदान पुर्याउने तथा अनुशासन र नेतृत्व क्षमतामा अब्बल शिक्षक, विद्यार्थी र अभिभावकलाई समेत सम्मान गरिएको विद्यालयका प्रधानाध्यापक अमृत कुमार खड्काले जानकारी दिए ।
विद्यालयका अध्यक्ष कृष्णबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिका (कामनपा) का प्रमुख उपेन्द्र कार्की, नेशनल प्याब्सनका अध्यक्ष सुवास न्यौपाने, कागेश्वरी मनोहरा नगरपालिकाको शिक्षा शाखा प्रमुख पुष्पराज ढकाल, कामनपा–९ का अध्यक्ष अनिल थापा र प्रहरी प्रभाग काँडाघारीका प्रहरी निरीक्षक राजन थापा विशेष अतिथि रहेका थिए ।
यसैगरी अतिथिहरूमा कामनपा शिक्षा शाखाका अधिकृत टेकेन्द्र ढकाल, नेशनल प्याब्सनका सचिव प्रकाश खड्का, सोही विद्यालयका प्रधानाध्यापक अमृत कुमार खड्का, त्रिभुवन विश्वविद्यालय कर्मचारी संघका अध्यक्ष छत्रबहादुर कार्की, विद्यालय सञ्चालक समितिकी सदस्य मन्दिरा बुढाथोकी, एन प्याब्सन काठमाडौंका उपाध्यक्ष प्रेम कुमार भुजेल, प्रेस चौतारी नेपालका उपमहासचिव सुरोजंग पाण्डे, एन प्याब्सन काठमाडौंका कोषाध्यक्ष टंक थापा रहेका थिए ।
यस्तै, अन्य अतिथिहरूमा कामनापा–९ का अध्यक्ष कुन्दन खड्का, एकीकृत काँडाघारी सेवा समाजका अध्यक्ष डोलनाथ पोखरेल, कामनपा एन प्याब्सनका सचिव सुनील केसी, बेष्ट ग्रुप भिजनका प्रधानाध्यापक चन्द्रकृष्ण गौतम, फिजमकी कोषाध्यक्ष जया ढकाल, फिजमका तालिम संयोजक अञ्जन चालिसे, सन्तोष कार्की स्मृति प्रतिष्ठानका उपाध्यक्ष शम्भु कार्की, एन प्याबसन कामनपाका अध्यक्ष रञ्जन न्यौपाने र कोषाध्यक्ष भवानी केसी, समाजसेवी दीपक खड्का, रामकेशर खड्का, भैरव खड्का र उद्धव खड्का थिए । यसैगरी, नालापानी सेक्युरेटीका निर्देशक फणिन्द्र घिमिरे, काँडाघारी टोल समाजका अध्यक्ष भागिरथी पन्त सेढाईं पनि अतिथिका रूपमा सहभागी थिए ।
कार्यक्रममा उपस्थित अतिथिहरूलाई चन्द्रकला गौतम, सरस्वती थापा र गणेश श्रेष्ठले खादा तथा ब्याच प्रदान गरेका थिए भने सञ्चालक समितिकी सदस्य मन्दिरा बुढाथोकीले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् । विद्यालयका निर्देशक राजिव सेढाईंले सञ्चालन गरेको समारोहलाई स्वस्तिक वाचन तथा संस्कृत संवादबाट समुद्घाटन गरिनाका साथै स्वागत गीत र लठिया नृत्य प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा अभिभावकको तर्फबाट प्रेस चौतारी नेपालका उपमहासचिव समेत रहेका सुरोजंग पाण्डेले मन्तव्य व्यक्त गरेका थिए भने प्रधानाध्यापक खड्काले प्रमुख अतिथि मन्त्री दामोदर भण्डारीलाई मायाको चिनो हस्तान्तरण गरेका थिए ।
समारोहमा अतिथिहरूले शुभकामना मन्तव्य व्यक्त गर्दै विद्यालयको थप उन्नती र प्रगतिको कामना गरेका थिए । उनीहरूले विद्यालयद्वारा प्रदान गरिने शिक्षाको गुणस्तरबारे सकारात्मक चर्चा गर्दै शिक्षा मात्र नभई चरित्र निर्माण, सामाजिक मूल्य तथा नेतृत्व क्षमताको विकासमा पनि ध्यान दिन आग्रह गरेका छन् । विद्यालयले नयाँ प्रविधि र शिक्षण विधिहरूको प्रयोग गरी आधुनिक शिक्षामा केन्द्रित हुनुपर्नेमा वक्ताहरूको जोड थियो ।
मन्तव्यहरूमा प्रकट भएका सुझावहरूलाई अनुशरण गर्दै भावी दिनमा विद्यालयलाई थप अब्बल बनाउने नीति लिने प्रतिबद्धता विद्यालयले व्यक्त गरेको छ ।
FACEBOOK COMMENTS