काठमाडौं । विशाल बजार कम्पनीको भोली हुने बार्षिक साधारण सभा रोकिएको छ । सभा रोक्न उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको छ ।
विशाल बजार कम्पनीका सेयरधनी सुनिलकुमार शाक्यले कम्पनी विरुद्ध दिएको रिट निवेदनमाथि उच्च अदालतका न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र ऋषि राजभण्डारीको इजलासले आज उक्त अन्तरिम आदेश दिएका हुन् ।
सेयरधनीको हित विपरित वार्षिक साधारण सभा हुन लागेको भन्दै तत्कालालाई रोक्न अन्तरिम आदेश दिएको छ । अदालतले रिट निवेदनको टुंगो नलगेसम्म साधारणसभा गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ ।
अदालतले निदवेदकको मागदाबी सम्बोधन गर्ने विषय कम्पनी ऐन २०६३ को दफा १३९ (४) समेतको अनुकुल नै भएको भन्दै निवेदनको अन्तिम किनारा नलागेसम्म विशाल बजारले गत माघ २९ मा प्रकाशन गरेको साधारणसभा गर्ने सूचना कार्यान्वयन नगर्न र यथास्थितिमा राख्न आदेश दिएको हो । साथै १५ दिनभित्र विशाल बजार कम्पनीलाई लिखित जफाव पेश गर्न पनि अदालतले आदेश दिएको छ ।
FACEBOOK COMMENTS