काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले निष्कासन गरेको एफपीओको आज बाँडफाँट गरिने भएको छ ।
बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार आज बिहान १० बजे एफपीओ बाँडफाँट गरिनेछ ।
कम्पनीको सेयरमा मागभन्दा ११९.८५ गुणा बढी आवेदन परेको छ । त्यसैले गोलाप्रथा मार्फत सेयर बाँडफाँड हुनेछ ।
सेयरमा १८ लाख ८२ हजार ४२२ जनाले २ करोड ३४ लाख ६२ हजार ९८० कित्ताका लागि आवेदन दिएका छन् । १९ हजार ५७७ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी १८ लाख ६२ हजार ८४५ जनाको भने हात खाली हुनेछ ।
कम्पनीले फागुन १८ गतेदेखि २१ गतेसम्म १ करोड ९५ लाख ७७ हजार ३०० रुपैयाँको १ लाख ९५ हजार ७७३ कित्ता सेयर निष्कासन गरेको थियो ।
FACEBOOK COMMENTS