काठमाडौं । चैत ३ गतेको संसद् बैठकमा ‘नेपालमा यौन व्यवसाय खुला गर्नुपर्ने’ धारणा राखेका नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले अन्ततः माफी मागेका छन् ।
उनले आज (बुधबार) को प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा आफ्नो अभिव्यक्तिको आत्मसमीक्षा गर्दै क्षमायाचना गरेका हुन् ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको मङ्गलबारको बैठकमा सभापति शेरबहादुर देउवासहितका पार्टीका नेताले घिमिरेलाई अभिव्यक्ति सच्याउन दबाब दिएपछि उनले माफी मागेका हुन् ।
उक्त अभिव्यक्ति आफूले प्रतिनिधत्व गरेको नेपाली कांग्रेस र संसदीय दलको नभएको तथा त्यो आफ्नो व्यक्तिगत धारणा भएको उनले स्पष्ट गरे ।
‘मेरा विचारले सम्मानित संसद्का सदस्य र अन्य जनसमुदायमा केही नकारात्मक प्रभाव परेको भए उहाँहरूको सम्मान गर्दै क्षमायाचना गर्न चाहन्छु,’ सांसद घिमिरेले भने ।
घिमिरेको अभिव्यक्तिलाई लिएर उनलाई सार्वजनिक कार्यक्रममै समेत र्याखर्याखती पारिएको थियो ।
FACEBOOK COMMENTS