काठमाडौं । साताको चौथो कारोबार दिन आज पनि नेप्से परिसूचकमा गिरावट आएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आज १४ दशमलव ८८ अङ्कले बजार घटेको छ । योसँगै नेप्से परिसूचक दुई हजार ६८२ दशमलव १५ विन्दुमा ओर्लिएको छ ।
नेप्से परिसूचकमा निरन्तर गिरावट आउँदा कारोबार रकममा पनि उच्च गिरावट आएको छ ।
आज बुधबार कुल ३११ कम्पनीको ९५ लाख ८३ हजार ८२९ कित्ता शेयर ५४ हजार ६२२ पटक खरिदबिक्री हुँदा कुल पाँच अर्ब १४ करोड ३९ लाख ९७ हजार ६४३ दशमलव ३६ रुपैयाँबराबरको कारोबार भएको छ ।
FACEBOOK COMMENTS