काठमाडौं । चीनको नम्बर १ व्यावसायिक सवारी निर्माता फोटोनले १ करोड युनिट बिक्रीको कीर्तिमान कायम गर्दै विश्वव्यापी व्यावसायिक सवारी बजारमा आफ्नो अग्रणी स्थान थप बलियो बनाएको छ ।
फोटोनले अत्याधुनिक प्रविधि र उच्च-गुणस्तरीय ट्रक, बस तथा विशेष सवारी साधन उत्पादन गर्दै विश्वभर व्यवसायहरूलाई दक्ष, टिकाउ र लागत-प्रभावी समाधान प्रदान गरिरहेको छ ।
कम्पनीले हरित यातायातलाई प्रवर्द्धन गर्न इन्धन दक्ष प्रणाली र कार्बन उत्सर्जन नियन्त्रणलाई प्राथमिकता दिँदै दिगो यातायातको नेतृत्व गरिरहेको छ ।
११० भन्दा बढी देशमा आफ्नो उपस्थितिसहित फोटोनले व्यावसायिक यातायातको भविष्य निर्माण गर्दै विश्वव्यापी अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्याइरहेको छ ।
FACEBOOK COMMENTS