काठमाण्डौँ — मेगा बैँक नेपाल लिमिटेडले पर्सा जिल्लाको दुई स्थानमा शाखारहित बैँकिङ्ग सेवा संचालनमा ल्याएको छ ।
पर्साको सखुवाप्रसौनी गाँउपालिका वडा नम्बर २ र पर्सागढी नगरपालिका वडा नम्बर ३ बडनीहारमा शाखारहित बैँकिङ्ग सेवा सञ्चालनमा ल्याएको मेगा बैंकले जनाएको छ ।
सखुवाप्रसौनी गाँउपालिका वडा नम्बर २ मा सोही गाँउपालिकाकी उपाध्यक्ष फुलकुमारी थरुनी तथा मेगा बैँक नेपाल लिमिटेड बीरगंज आदर्शनगरका शाखा प्रबन्धक यशपालकुमार टिब्रेवालले संयुक्त रुपमा सेवा सुरु गर्नुभयो ।
यसैगरी, पर्सागढी नगरपालिका वडा नं. ३ मा शाखारहित सेवाको उद्घाटन गर्दै वडा अध्यक्ष उद्दबबहादुर उप्रेतीले कृषक, मजदुर, न्यून आय भएका जनताको आयस्तर बृद्धि गर्न मेगा बैकले पर्सागढी चयन गरेकोमा धन्यवाद दिनुभयो ।
FACEBOOK COMMENTS