काठमाडौं । आज साताको पाचौं दिन बिहीबार नेप्से परिसूचकमा गिरावट आएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार शेयर बजार परिसूचक नेप्से आज ५ दशमलव ५७ अंकले घटेको छ ।
यो सँगै परिसूचक २ हजार ६ सय ६७ दशमलव ६८ विन्दुमा झरेको छ ।
आज ३ सय २१ कम्पनीको १ करोड १३ लाख ८४ हजार ७ सय २५ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ६३ करोड ७९ लाख ८१ हजार २ सय ५० रुपैयाँको कारोबार भएको छ ।
३५ करोड ९४ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा राधि विद्युत अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः एनआरएन इन्फ्रास्ट्रक्चर र हिमालयन रिइन्सुरेन्स परेका छन् ।
FACEBOOK COMMENTS