काठमाडौं । नेपाली बजारमा आज शुक्रबार सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ८५ हजार रुपैयाँ कायम भई नयाँ रेकर्ड बनेको हो ।
पछिल्लो समय निरन्तरजसो रेकर्ड तोडिरहेको सुनको मूल्य आज अघिल्लो दिन बिहीबारको तुलनामा तीन हजार नौ सय रुपैयाँले बढेको हो । बिहीबार पनि सुन नयाँ रेकर्ड बनाउँदै प्रतितोला एक लाख ८१ हजार एक सय रुपैयाँमा किनबेच भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रुपैयाँले बढेर चाँदी आज प्रतितोला एक हजार नौ सय पाँच रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बिहीबार चाँदी प्रतिताेला एक हजार नाै सय रुपैयाँमा काराेबार भएकाे थियाे ।
FACEBOOK COMMENTS