काठमाडौं । शेयर बजार परिसूचक नेप्से आज ८ दशमलव ६२ अंकले घटेको छ ।
यो सँगै परिसूचक २ हजार ६ सय ६६ दशमलव ०१ विन्दुमा पुगेको छ ।
आज ३ सय २२ कम्पनीको १ करोड ३१ लाख ८९ हजार ३ सय २८ कित्ता सेयर ५४ हजार ३ सय ६१ पटक किनबेच हुँदा ६ अर्ब २८ करोड २ लाख ९६ हजार २ सय ४५ रुपैयाँको कारोबार भएको छ ।
४५ करोड ३२ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा सीइडीबी होल्डिङ्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः एनआरएन इन्फ्रास्ट्रक्चर र राधी विद्युत परेका छन् ।
FACEBOOK COMMENTS